काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कर्पोरेशनको बुधबार (पुस २५ गते) अपराह्न बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
निर्णय अनुसार आर्थिक वर्ष २०७९/८० मा संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर तथा यसको कर प्रयोजनका लागि प्रति शेयर ०.७९ प्रतिशत नगद लाभांश छुट्याउने भएको छ ।
जसअनुसार कर प्रयोजनका लागि २२ बाइस लाख ३ सय ९७ रुपैयाँ छुट्याउनुपर्छ ।
कर प्रयोजनका लागि पाँच प्रतिशत नगद लाभांश छुट्याइएको हो ।
प्रतिक्रिया