Logo

मुख्य समाचार

अपर तामाकोशीको लिलामी शेयर भर्ने मिति आजसम्म मात्र, कतिमा भर्ने ?


gdpnepal
   २९ पुस २०८०, आइतबार


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर खरीदको लागि आज आइतबार (पुस २९) सम्म शिलबन्दी बोलपत्र भर्न सकिने छ ।

पुस १३ गते शुक्रबारबाट खुलेको हकप्रद लिलामीका लागि पुस २९ गते आइतबारसम्म मात्रआवेदन गर्न सकिने उल्लेख छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर सर्वसाधारण समूहतर्फ १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरको लागि आवेदन परेको थिएन । उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो ।

नागरिक लगानी कोष, सनराईज क्यापिटललगायत लक्ष्मी सनराईज बैंकका विभिन्न शाखाबाट बोलपत्र आवेदन फाराम भरी बिक्री भइरहेको छ ।

शेयरको न्युनतम मुल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ भने बोलपत्रमा प्रति शेयर १०० वा सो भन्दा बढी मुल्य अंकित गरी व्यक्ति वा कम्पनीले पेश गर्न सकिनेछ ।

हाल अपर तामाकोशीको सेयरका लागि आवेदकहरुले प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँदेखि १६५ रुपैयाँसम्म आवेदन दिइरहेको पाइएको छ । न्यूनतम १३५ रुपैयाँमा आवेदन गर्नेसम्मले शेयर पाउन सकिने आकलन गरिएको छ ।

अघिल्लो सातासम्म यसको सेयर प्रतिकित्ता १९८ रुपैयाँमा कारोबार भइरहेको छ ।

एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढी मूल्यमा शेयर खरिदका लागि बोलपत्र पेश गर्न चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिन सकिने उल्लेख छ ।

साथै, लगानी व्यवस्थापकले आफ्ना ग्राहकहरुको नामबाट आवेदन गर्दा आफ्नो आधिकारिक पत्र मार्फत तोकिए अनुरुपको सूची बनाई सम्पूर्ण आवेदकहरुको लागि गरिने लगानी रकम लगानी व्यवस्थापकले एउटा चेकमार्फत पेश गर्न सकिने जनाइएको छ ।

बोलपत्र फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दरको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन ।

अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

यस्तै, बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं।, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं।, टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।

पाँच लाख सम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं। आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।

सवैभन्दा बढी कबोल गर्ने आवेदकलाई बोलकबोलको मान्यता अनुसार शेयर बिक्री गरिने छ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको भार अनुसार बाँडफाँट गरिनेछ । साथै, खण्डित रुपमा शेयर बाँकी रहन आएमा सोही भार अनुसार बाँडफाँट गरी समायोजन गरिने उल्लेख छ ।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह