Logo

मुख्य समाचार

३१ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ४५ करोडको कारोबार


GDP नेपाल
   २९ पुस २०८०, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से ३१.६२ अंकले बढेर दुई हजार १२०.६२ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ५०, फाइनान्स २८, हाइड्रोपावर समूह ११६, लगानी १, जीवन बीमा ४६, उत्पादन ६१, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १ र अन्य उपसमूह ४४ अंकले बढेको छ । यस्तै, होटल तथा पर्यटन १ र ब्यापार समूह ०.९८ अंकले घटेको छ ।

आज हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशत बढेको छ । समग्रमा बजार बढे दिन आज मेगा म्युचल फन्ड–१ को सेयर साढे नौ प्रतिशतले घटेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड ६६ लाख कित्ता शेयर ५ अर्ब ४५ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको १२ लाख ७४ हजार कित्ता प्रमोटर सेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह