Logo

मुख्य समाचार

५४ अंकले बढ्यो सेयर बजार, ८ अर्बको कारोबार


GDP नेपाल
   २ माघ २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ५४.५४ अंकले बढेर दुई हजार १७५.१७ विन्दुमा पुगेको छ ।

बैंकिङ २४, विकास बैंक १०९, फाइनान्स ८७, हाइड्रोपावर समूह ९३, लगानी ३, जीवन बीमा १९५, उत्पादन १५१, माइक्रोफाइनान्स ११६, निर्जीवन बीमा २१३, अन्य ४३, होटल तथा पर्यटन ६५ र ब्यापार समूह ६२ अंकले बढेको छ ।

आज बुटवल पावर कम्पनी, युनाइटेड मोदीस हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज ज्योति विकास बैंक बोन्ड २०८७ को सेयर झण्डै १० प्रतिशतले घटेको छ ।

यस दिन ३०४ कम्पनीको दुई करोड ३३ लाख कित्ता सेयर ८ अर्ब २ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह