Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, ८ अर्ब १७ करोडको कारोबार


GDP नेपाल
   ४ माघ २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ७.२४ अंकले घटेर दुई हजार १५५.८२ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक २८, लगानी ०.६४, जीवन बीमा ५७, उत्पादन ७७, निर्जीवन बीमा १२७, होटल तथा पर्यटन ७९, ब्यापार समूह २६ र माइक्रोफाइनान्स उपसमूह ४० अंकले घटेको छ । त्यस्तै, फाइनान्स ३, हाइड्रोपावर समूह २१ र अन्य उपसमूह २२ अंकले बढेको छ ।

आज तेह्रथुम पावर कमपनीको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपती लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यस दिन २९८ कम्पनीको दुई करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह