Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ८९ करोडको कारोबार


GDP नेपाल
   १० माघ २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से १०.२५ अंकले घटेर दुई हजार ०८८.०४ विन्दुमा पुगेको छ ।

विकास बैंक ४०, जीवन बीमा ३८, उत्पादन १२, निर्जीवन बीमा ३२, होटल तथा पर्यटन ६, माइक्रोफाइनान्स ३, फाइनान्स ८, हाइड्रोपावर ३३, अन्य १, ब्यापार उपसमूह ३० अंकले घटेको छ । त्यस्तै, आज बैंकिङ उपसमूह १ अंकले बढेको छ ।

आज तेह्रथुम पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३११ कम्पनीको एक करोड १० लाख कित्ता सेयर ३ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह