Logo

सेयर बजार

१५ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ५८ करोडको कारोबार


GDP नेपाल
   २९ माघ २०८०, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से १५.३३ अंकले बढेर दुई हजार १०१.१६ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.६५, विकास बैंक २३, फाइनान्स २०, होटल तथा पर्यटन २०, हाइड्रोपावर ४९, जीवन बीमा ३८, उत्पादन १२५, निर्जीवन बीमा १८३ र ब्यापार समूह १२ अंकले बढेको छ । त्यस्तै, अन्य उपसमूह भन ०.९३ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल, समाज लघुवित्त, कुथेली बुकरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समग्रमा बजार बढेपनि आज इमर्जिङ नेपालको सेयर ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड १ लाख कित्ता सेयर ३ अर्ब ५८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह