मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.५६ अंकले घटेर दुई हजार ०७०.५९ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ९९, फाइनान्स ४०, होटल तथा पर्यटन ९८, हाइड्रोपावर १६, जीवन बीमा १८७, उत्पादन ५९, निर्जीवन बीमा १९७, ब्यापार १४ र अन्य उपसमूह ४० अंकले घटेको छ ।
आज गुराँस लघुवित्तको सेयर सबैभन्दा धेरै ९.७० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको सेयर १० प्रतिशत बढेको छ ।
यस दिन ३०५ कम्पनीको एक करोड २१ लाख कित्ता सेयर ४ अर्ब ६६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया