Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब २५ करोडको कारोबार


GDP नेपाल
   २ फाल्गुन २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से ५.९१ अंकले बढेर दुई हजार ०७६.५० विन्दुमा पुगेको छ ।

विकास बैंक ९६, फाइनान्स ११६, उत्पादन ५, निर्जीवन बीमा ४३, र अन्य उपसमूह १८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ २, होटल तथा पर्यटन ८, हाइड्रोपावर ३, जीवन बीमा २८ र ब्यापार उपसमूह १० अंकले घटेको छ ।

आज नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाचथर पावर र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स पावरको सेयर सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ ।

यस दिन ३०२ कम्पनीको एक करोड २३ लाख कित्ता सेयर ४ अर्ब २५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह