बिहिबार सेयर बजार परिसूचक नेप्से १४.४६ अंकले घटेर दुई हजार ०६२.०३ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ५७, फाइनान्स ५१, होटल तथा पर्यटन ३४, हाइड्रोपावर ८, जीवन बीमा ७१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७९, ब्यापार २५ र अन्य समूह २८ अंकले घटेको छ । त्यस्तै, उत्पादन समूह भने ९ अंकले बढेको छ ।
आज मैलुङखोला जलविद्युतको सेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०५ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर ३ अर्ब ८६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया