Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ११ करोडको कारोबार


GDP नेपाल
   ८ फाल्गुन २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से १.७६ अंकले घटेर दुई हजार ०३३.०६ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, होटल तथा पर्यटन ९, हाइड्रोपावर ८, जीवन बीमा ४२, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३ र ब्यापार उपसमूह ९ अंकले घटेको छ । त्यस्तै, विकास बैंक १०, फाइनान्स १२, अन्य १९ र उत्पादन समूह ४० अंकले बढेको छ ।

आज ग्रिनलाईफ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१४ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ११ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह