Logo

सेयर बजार

सेयर बजारमा ६.४६ अंकको गिरावट, २ अर्ब २४ करोडको कारोबार


GDP नेपाल
   ९ फाल्गुन २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से ६.४६ अंकले घटेर दुई हजार ०२६.५९ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक २४, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २३, जीवन बीमा २९, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३२, ब्यापार १०, फाइनान्स ४ र अन्य उपसमूह १५ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज उत्पादन समूह भने १६३ अंकले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु, हिमालयन उर्जा विकास कम्पनी, र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१३ कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब २४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह