Logo

मुख्य समाचार

सेयर बजारमा झिनो अंकको गिरावट, २ अर्बको कारोबार


GDP नेपाल
   १६ फाल्गुन २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । नेप्से ०.८७ अंकले घटेर दुई हजार विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ४३, हाइड्रोपावर २१, निर्जीवन बीमा ३७, माइक्रोफाइनान्स ५, जीवन बीमा ५१ र फाइनान्स उपसमूह १७ अंकले घटेको छ । त्यस्तै, ब्यापार १५०, उत्पादन ३१७, होटल तथा पर्यटन २ र अन्य उपसमूह २ अंकले बढेको छ ।

आज सामलिङ पावर कम्पनीको सेयर सबैभन्दा धेरै ६.६६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बिसाल बजार, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०८ कम्पनीको ५१ लाख कित्ता सेयर २ अर्ब ३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह