Logo

सेयर बजार

सेयर बजारमा ७० अंकको गिरावट, ४ अर्बको कारोबार


GDP नेपाल
   २२ फाल्गुन २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । नेप्से ७०.३१ अंकले घटेर दुई हजार विन्दुमा पुगेको छ ।

बैंकिङ ३३, विकास बैंक १४७, फाइनान्स ५०, हाइड्रोपावर १९६, जीवन बीमा ३६३, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा २७७, अन्य ७७, ब्यापार ६१, होटल १९६ र उत्पादन समूह २९७ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज गुराँस लघुवित्त वित्तय संस्थाको सेयर सबैभन्दा धेरै ८.७३ प्रतिशतले बढेको छ ।

यस दिन ३१६ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर ४ अर्ब ११ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह