Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४५ करोडको कारोबार


GDP नेपाल
   २३ फाल्गुन २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ९.३३ अंकले बढेर दुई हजार ०१७.०३ विन्दुमा पुगेको छ ।

विकास बैंक ५, फाइनान्स २९, हाइड्रोपावर २३, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा २९, अन्य १९, ब्यापार ३६, होटल ४४ र उत्पादन समूह ५४ अंकले बढेको छ । त्यस्तै, बैंकिङ १ र जीवन बीमा उपसमूह २ अंकले घटेको छ ।

आज दोल्ति पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मोलुङ हाइड्रोपावर कमपनीको सेयर ९.७१ प्रतिशतले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब ४५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह