Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, ३ अर्बको कारोबार


GDP नेपाल
   २४ फाल्गुन २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १३.५१ अंकले बढेर दुई हजार ०३०.५५विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक २९, फाइनान्स ५, हाइड्रोपावर २९, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १६३, अन्य ११, उत्पादन ११ र जीवन बीमा उपसमूह ३७ अंकले बढेको छ । त्यस्तै, ब्यापार ७ र होटल उपसमूह १२ अंकले घटेको छ ।

आज पिपुल्स हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सामलिङ पावर कम्पनीको सेयर ५ प्रतिशतले घटेको छ ।

यस दिन ३०९ कम्पनीको ८९ लाख कित्ता सेयर ३ अर्ब १९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह