Logo

मुख्य समाचार

लघुवित्तको बजार फर्किएकै हो ? पाँँच लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो !


gdpnepal
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । सेयर बजारमा मंगलबार ५८.५८ अंकको वृद्धिसँगै पाँँच लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

बजार परिसूचक नेप्से २१११.२४ बिन्दुमा पुगेको छ ।

मंगलबारको कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, उच्च मूल्यवृद्धि हुने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त, अभियान लघुवित्त तथा ग्लोबल आइएमई लघुवित्त रहेका छन् ।

मंगलबारको कारोबारमा समग्र लघुवित्तको प्रतिविम्ब झल्काउने लघुवित्त सबइन्डेक्स पनि ५.०५ प्रतिशतले बढेर ३९२७.४२ बिन्दुमा पुगेको छ ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह