Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ४ अर्ब २४ करोडको कारोबार


GDP नेपाल
   ३० फाल्गुन २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से २.४८ अंकले घटेर दुई हजार १०८.७२ विन्दुमा पुगेको छ ।

बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१ र ब्यापार उपसमूह ३ अंकले घटेको छ ।  अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक उपसमूह १४ अंकले बढेको छ ।

आज माथिल्लो तामाकोशीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन ३१० कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब २४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह