आइतबार सेयर बजार परिसूचक नेप्से १०.६२ अंकले घटेर दुई हजार ०७०.२५ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, होटल तथा पर्यटन ८२, हाइड्रोपावर २९, निर्जीवन बीमा २४, ब्यापार १२, अन्य १८, माइक्रोफाइनान्स १ र जीवन बीमा उपसमूह २० अंकले घटेको छ । त्यस्तै, फाइनान्स ११, विकास बैंक ३३ र उत्पादन उपसमूह २० अंकले बढेको छ ।
आज विन नेपाल लघुवित्तको सेयर झण्डै ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।
यस दिन ३०४ कम्पनीको ८४ लाख कित्ता सेयर ३ अर्ब ३८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया