Logo

मुख्य समाचार

६ अंकले घट्यो नेप्से, ३ अर्ब ६३ करोडको कारोबार


GDP नेपाल
   ६ चैत्र २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ६.२४ अंकले घटेर दुई हजार ०६७.२९ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन ३१, हाइड्रोपावर १२, ब्यापार ३७, अन्य ११, विकास बैंक ३०, बैंकिङ ८, निर्जीवन बीमा ३३ र उत्पादन उपसमूह ९५ अंकले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स ७९, जीवन बीमा ७ र फाइनान्स उपसमूह ४० अंकले बढेको छ ।

आज सिद्धार्थ यन्भेष्टमेन्ट ग्रोथ स्केमको सेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बुद्धभूमी नेपाल हाइड्रो र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०७ कम्पनीको ९४ लाख कित्ता सेयर ३ अर्ब ६३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह