बुधबार सेयर बजार परिसूचक नेप्से १०.८३ अंकले घटेर दुई हजार ०३०.८६ विन्दुमा पुगेको छ ।
हाइड्रोपावर ९, अन्य ८, विकास बैंक ४८, बैंकिङ ६, निर्जीवन बीमा ६१, माइक्रोफाइनान्स २७, होटल तथा पर्यटन ३९, जीवन बीमा ८१, फाइनान्स ३३ र ब्यापार उपसमूह ४५ अंकले घटेको छ । त्यस्तै, उत्पादन उपसमूह भने ६४ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै कालीका लघुवित्त वित्तिय संस्थाको सेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१० कम्पनीको ६० लाख कित्ता सेयर २ अर्ब २३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया