Logo

मुख्य समाचार

सेयर बजारमा ६ अंकको गिरावट, २ अर्ब ८७ करोडको कारोबार


GDP नेपाल
   १९ चैत्र २०८०, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से ६.२६ अंकले घटेर दुई हजार ०१२.०७ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १३, अन्य ६, विकास बैंक २, जीवन बीमा १५, फाइनान्स १२, उत्पादन २१, बैंकिङ ४, निर्जीवन बीमा ४२ र माइक्रोफाइनान्स उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ५९ र ब्यापार उपसमूह ५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज गुँरास लघुवित्त वित्तिय संस्था र माइखोला हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ८७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह