Logo

मुख्य समाचार

सेयर बजारमा सामान्य अंकको गिरावट, २ अर्ब ५३ करोडको कारोबार


GDP नेपाल
   २१ चैत्र २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से ३.४३ अंकले घटेर दुई हजार ००६.७८ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर ९, अन्य ४, विकास बैंक २५, फाइनान्स १२, उत्पादन १२१, बैंकिङ ३, निर्जीवन बीमा २, होटल तथा पर्यटन ९ र ब्यापार उपसमूह २० अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ५१ र माइक्रोफाइनान्स उपसमूह ६४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको सेयर ४.४० अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज गुँरास लघुवित्त वित्तिय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३२२ कम्पनीको ६४ लाख कित्ता सेयर २ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह