Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार


GDP नेपाल
   २२ चैत्र २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से २.७३ अंकले घटेर दुई हजार ००४.०५ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १४, अन्य ८, विकास बैंक २१, उत्पादन ११०, बैंकिङ ४ र जीवन बीमा उपसमूह १६ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ६, निर्जीवन बीमा २९, होटल तथा पर्यटन ८६, माइक्रोफाइनान्स ९४ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मानुषी लघुवित्त र मनकामना स्मर्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०२ कम्पनीको ६९ लाख कित्ता सेयर ३ अर्ब ३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह