Logo

मुख्य समाचार

सेयर बजारमा २२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


GDP नेपाल
   २५ चैत्र २०८०, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २२.७५ अंकले बढेर दुई हजार ०२६.८१ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक १२२, फाइनान्स ११३, हाइड्रोपावर २८, जीवन बीमा उपसमूह १४५, उत्पादन ११५, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ९२ र अन्य उपसमूह २२ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन ४ र ब्यापार उपसमूह १ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुराँस लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, मानुषी लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज तारागाउँ रिजेन्सीको सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन ३११ कम्पनीको एक करोड १२ लाख कित्ता सेयर ४ अर्ब २५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह