Logo

मुख्य समाचार

सेयर बजारमा ९ अंकको वृद्धि, ४ अर्बको कारोबार


GDP नेपाल
   २७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.१९ अंकले बढेर दुई हजार ०३६.०१ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक २७, फाइनान्स ५६, हाइड्रोपावर १८, जीवन बीमा ५०, निर्जीवन बीमा १०५, अन्य ४० र ब्यापार उपसमूह ११ अंकले बढेको छ । त्यस्तै, उत्पादन १००, माइक्रोफाइनान्स ४६ र होटल तथा पर्यटन उपसमूह ३५ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर पनि ९.९९ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१५ कम्पनीको ९७ लाख कित्ता सेयर ४ अर्ब १४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह