काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १०.७१ अंकले घटेर दुई हजार ०२५.३० विन्दुमा पुगेको छ ।
बैंकिङ ०.४२, विकास बैंक ५०, फाइनान्स ५१, हाइड्रोपावर १, जीवन बीमा १३०, निर्जीवन बीमा १११, अन्य ७, माइक्रोफाइनान्स ४६ र होटल तथा पर्यटन उपसमूह ८७ अंकले घटेको छ । त्यस्तै, ब्यापार ४० र उत्पादन उपसमूह ९ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै सिंगाटी हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज माण्डु हाइड्रोपावरको सेयर ९.९६ प्रतिशतले बढेको छ ।
यस दिन ३०८ कम्पनीको ८६ लाख कित्ता सेयर ३ अर्ब ४८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया