Logo

सेयर बजार

सेयर बजारमा झिनो अंकको वृद्धि, २ अर्ब ५३ करोडको कारोबार


GDP नेपाल
   १२ बैशाख २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ०.१५ अंकले बढेर एक हजार ९६९.१७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २, फाइनान्स ४७ र उत्पादन उपसमूह ४९ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ५, जीवन बीमा ४०, निर्जीवन बीमा ४४, अन्य १, होटल तथा पर्यटन २२, हाइड्रोपावर ५, माइक्रोफाइनान्स २ र ब्यापार उपसमूह ३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज माई खोला हाइइ्रोपावरको सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन ३१३ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह