Logo

मुख्य समाचार

१४ अंकले बढ्यो सेयर बजार, २ अर्ब ६८ करोडको कारोबार


GDP नेपाल
   १६ बैशाख २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १४.३३ अंकले बढेर एक हजार ९८०.२७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, उत्पादन ५, माइक्रोफाइनान्स ५४, अन्य १०, जीवन बीमा ७२ र निर्जीवन बीमा उपसमूह १०८ अंकले बढेको छ । त्यस्तै, आज ब्यापार उपसमूह भने ९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज रिभर फल्सको सेयर साढे ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ६८ लाख कित्ता सेयर २ अर्ब ६८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह