Logo

मुख्य समाचार

झण्डै २६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ८० करोडको कारोबार


GDP नेपाल
   १८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २५.९३ अंकले बढेर दुई हजार विन्दुमाथि पुगेको छ ।

आज बैंकिङ ११, विकास बैंक १९६, होटल तथा पर्यटन १२५, हाइड्रोपावर ३८, उत्पादन २३, माइक्रोफाइनान्स ५६, अन्य ४, जीवन बीमा ९६, निर्जीवन बीमा २४५ र ब्यापार उपसमूह २० अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स उपसमूह भने २६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनीटी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज पोखरा फाइनान्सको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३२० कम्पनीको ११ लाख कित्ता सेयर ४ अर्ब ८० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह