Logo

मुख्य समाचार

सेयर बजारमा १५ अंकको गिरावट, २ अर्ब ८९ करोडको कारोबार


GDP नेपाल
   २४ बैशाख २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.६२ अंकले घटेर एक हजार ९५८.७५ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, फाइनान्स ४२, होटल तथा पर्यटन ८, हाइड्रोपावर १०, उत्पादन १७, अन्य २७, जीवन बीमा ४६, निर्जीवन बीमा ११२, माइक्रोफाइनान्स ७५ र ब्यापार उपसमूह २१ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक उपसमूह भने ९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बोटलर्स नेपाल तराईको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३१० कम्पनीको ६९ लाख कित्ता सेयर २ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह