Logo

सेयर बजार

साढे पाँच अंकले बढ्यो सेयर बजार, ३ अर्ब १२ करोडको कारोबार


GDP नेपाल
   २७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ५.६३ अंकले बढेर एक हजार ९६६.२३ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ३२, होटल तथा पर्यटन ३४२, निर्जीवन बीमा १६, अन्य ०.२९, फाइनान्स १४, हाइड्रोपावर ४, र व्यापार उपसमूह २ अंकले बढेको छ । त्यस्तै, उत्पादन ७, जीवन बीमा ४३ र माइक्रोफाइनान्स उपसमूह ३८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ओरियन्टल होटल्स लिमिटेडको सेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कुमारी सबल योजनाको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१३ कम्पनीको ७० लाख कित्ता सेयर ३ अर्ब १२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह