काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २४.३९ अंकले बढेर एक हजार ९९८.८९ विन्दुमा पुगेको छ ।
बैंकिङ ३२, विकास बैंक १२, अन्य १४, हाइड्रोपावर १३, जीवन बीमा ५० र माइक्रोफाइनान्स उपसमूह ३० अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ३, व्यापार ८, उत्पादन ६, होटल तथा पर्यटन २२ र फाइनान्स उपसमूह ४ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डू हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सिवाईसि नेपाल लघुवित्तको सेयर साढे ५ प्रतिशत भन्दा भेरैले घटेको छ ।
यस दिन ३२० कम्पनीको ९५ लाख कित्ता सेयर ३ अर्ब ४० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया