Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४५ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ६ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४५.६९ अंकले बढेर दुई हजार ६४.४५ विन्दुमा पुगेको छ । आज बीमा, बैंकिङ र उत्पादन समूहको सेयर उच्च अंकले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा लचिलो नीति लिएपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको छ ।

आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३२३ कम्पनीको १ करोड २२ लाख कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह