काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ११३.४२ अंकले बढेर दुई हजार ६८१.५६ विन्दुमा पुगेको छ ।
बैंकिङ १४१, विकास बैंक २४५, जीवन बीमा ५१९, उत्पादन १३४, निर्जीवन बीमा ३४५, ब्यापार ९९, फाइनान्स ३८, होटल तथा पर्यटन ३१, अन्य ५९ र हाइड्रोपावर उपसमूह २६ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स उपसमूह भने १० अंकले घटेको छ ।
आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई, प्राइम कमर्सियल, सिटिजन्स बैंक, कृषी विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गणपति लघुवित्तको सेयर भने झण्डै साढे ९ प्रतिशतले घटेको छ ।
यस दिन ३१८ कम्पनीको ४ करोड कित्ता सेयर १५ अर्ब ८१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया