काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २०.४६ अंकले घटेर दुई हजार ६६१.०९ विन्दुमा पुगेको छ ।
बैंकिङ ०.६२, विकास बैंक १४२, जीवन बीमा २५२, उत्पादन १३७, निर्जीवन बीमा १४०, ब्यापार १७६, होटल तथा पर्यटन १९, अन्य ०.५६ र माइक्रोफाइनान्स उपसमूह भने २०६ अंकले घटेको छ । यस्तै, आज फाइनान्स ५६ र हाइड्रोपावर उपसमूह २६ अंकले बढेको छ ।
आज आरम्भ चौतारी लघुवित्तको सेयर सबैभन्दा धेरै झण्डै साढे आड प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल फाइनान्स लिमिटेडको सेयर ९.७७ अंकले बढेको छ ।
यस दिन ३२५ कम्पनीको ४ करोड ७७ लाख कित्ता सेयर १९ अर्ब ६० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया