Logo

मुख्य समाचार

सेयर बजारमा ३५ अंकको वृद्धि, १७ अर्ब २६ करोडको कारोबार


GDP नेपाल
   १५ श्रावण २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३५.५५ अंकले बढेर दुई हजार ६९६.६५ विन्दुमा पुगेको छ ।


विकास बैंक १२४, जीवन बीमा ७२, उत्पादन २७, होटल तथा पर्यटन ३९८, अन्य ६८ र माइक्रोफाइनान्स ५२, फाइनान्स १८३ र हाइड्रोपावर उपसमूह १०० अंकले बढेको छ । यस्तै, आज बैंकिङ १२, निर्जीवन बीमा ४८ र ब्यापार उपसमूह २१ अंकले घटेको छ । 

आज प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । 

यस दिन ३२९ कम्पनीको ४ करोड ३ लाख कित्ता सेयर १७ अर्ब २६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह