काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.६२ विन्दुमा पुगेको छ ।
बैंकिङ २२, विकास बैंक ४३, उत्पादन ८३, अन्य ४, माइक्रोफाइनान्स ४४, हाइड्रोपावर ६४ र ब्यापार उपसमूह १३३ अंकले घटेको छ । यस्तै, आज जीवन बीमा ४७४, होटल तथा पर्यटन २६, फाइनान्स ६२, र निर्जीवन बीमा उपसमुह २३१ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको सेयर ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३३२ कम्पनीको ५ करोड कित्ता सेयर २१ अर्ब ७१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया