काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४०.७६ अंकले बढेर दुई हजार ७९६.३८ विन्दुमा पुगेको छ ।
हाइड्रोपावर १०२, ब्यापार २०७, अन्य ११८, जीवन बीमा ४३०, होटल तथा पर्यटन ४८८,र निर्जीवन बीमा उपसमूह १६८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ७, विकास बैंक ८, फाइनान्स १६४, उत्पादन ४० र माइक्रोफाइनान्स उपसमूह ४१ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै रुरु जलविद्युद्ध, सीइबीडी हाइड्रोपावर, सगरमाथा लजविद्युत कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावरे, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत, भिजन लम्बिनी उर्जा कम्पनी र मुक्तिनाथ कृषी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३२६ कम्पनीको ४ करोड ९७ लाख कित्ता सेयर २१ अर्ब ८६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया