Logo

मनोरञ्जन

चलचित्र हलमा ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’बीच तीब्र प्रतिस्पर्धा


gdpnepal
   १४ फाल्गुन २०८१, बुधबार


काठमाडौं । महाशिवरात्रिसँगै नेपाली चलचित्र हलहरुमा दुई ठूला चलचित्रबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

एक दशकअघि सफल चलचित्र रेशम फिलिलीको सिक्वेलका रुपमा आएको ‘फेरि रेशम फिलिली’ र टिभी सिरियलका हास्य कलाकारहरुको चलचित्र ‘लाज शरणम्’बीच प्रतिस्पर्धा देखिएको हो ।

निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ले मंगलबार प्रिमियर सम्पन्न गरे पनि ‘लाज शरणम्’ले प्रिमियर गरेन । यस चलचित्रले टे«लर समेत सार्वजनिक गरेको छैन ।

फिल्म ‘फेरि रेशम फिलिली’को ग्राण्ड प्रिमियरमा फिल्मका कलाकार, निर्देशक, निर्माता र प्राविधिकको उपस्थिति थियो ।

प्रिमियर समारोहमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौलागाईं, रविन्द्र झा, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणी पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायत पुगेका थिए ।

‘फेरि रेशम फिलिली’ मा विनय श्रेष्ठ र सुपुष्पा भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथमा कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय छ । यसमा अमेरिका सपनाको कथा उठाइएको छ । कमेडी र मनोरञ्जनात्मक यो फिल्मको रनटाइम २ घण्टा २२ मिनेट तय छ ।

यता, मल्टिप्लेक्सहरुमा उल्लेख्य शो पाएको ‘लाज शरणम्’ले बुकिङ खुलेदेखि मंगलबार उत्साहजनक रुपमा टिकट बिक्री भएको जनाएको छ ।

जेपीटी क्रिएसनले निर्माण गरेको कमेडी सोसल ड्रामा १८० शोसहित फिल्म रिलिज हुन लागेको हो ।

लोकप्रिय हास्य टिभी शो ‘सक्किगोनी’ले निर्माण गरेको यो फिल्मसहित बुधबार ‘मायावी’ पनि प्रदर्शन भएको छ ।

 

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह