Logo

मुख्य समाचार

विकास हाइड्रोपावरको आइपीओ बिक्री खुला


GDP नेपाल
   ७ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।


यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।


स्थानीयले यस कम्पनीको आइपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नदिए असार ४ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ २० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।


यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई पनि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित : ७ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह