Logo

कर्पोरेट-बजार

सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गरेन: उपाध्यक्ष ढकाल


GDP नेपाल
   १४ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकारले उद्योगहरुलाई पर्याप्त सहयोग नगरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बंगलादेश सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गर्ने गरेको तर नेपाल यसका विपरित भएको भन्दै सरकारबाट पर्याप्त सहयोग नपाएकोले, धेरै गार्मेन्ट उद्योग बन्द भएको बताए ।

उनले भने, ‘नेपालको गार्मेन्ट र बंगलादेशको गार्मेन्ट उद्योग ८० को दशकको सुरुवाततिर सुरु भएको थियो । बंगलादेश सरकार अमेरिका र चीनपछि विकसित देशपछि दोस्रो उच्चतम स्थानमा छ । बंगलादेशमा भुइँ गार्मेन्ट उद्योगलाई सबैको सहयोग छ । तर नेपालको मामिलामा यसको विपरीत छ । मेरो आफ्नै दाईले पनि नेपालको पूर्वी भागमा सबैभन्दा ठूलो तयारी गार्मेन्ट उद्योग खोल्नु भएको थियो । तर धेरै कारणहरू तथा विशेषगरी सरकारबाट पर्याप्त सहयोग नपाएकाले अहिले बन्द छ ।’

यस्तै, उनले कोभिडपछि नेपालको अर्थतन्त्र स्थिरतामा गएको भन्दै अहिले निजी क्षेत्रको पहलमा बन्द कारखानाहरू खोल्ने र व्यवसायलाई प्रवद्र्धन गर्ने मौका रहेको पनि बताए ।

स्थिर नीति र डिजिटल अर्थतन्त्र ल्याउनको लागि पहल गरिरहेको भन्दै यसले औपचारिक व्यापार बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित : १४ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह