Logo

बिजनेस होम

हानले गर्‍यो बजेटको स्वागत, अध्यक्ष शाह भन्छन्ः दशकौंदेखिको माग पूरा भयो !


gdpnepal
   १७ जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । होटल संघ नेपाल (हान)ले आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि ल्याइएको संघीय बजेटको स्वागत गरेको छ ।

बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको हो ।

संघका अध्यक्ष विनायक शाहले दशकौंदेखिको यो माग पूरा भएकोमा नेपाल सरकार तथा विशेष गरी अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै सरकारको यो घोषणा होटल उद्योले पु¥याएको योगदानको कदर भएको बताएका छन् ।

अध्यक्ष शाहले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न पर्यटकको आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने घोषणा सकारात्मक रहेको बताए ।

यस्तै, स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गहरुको समयावद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको उनको भनाई छ ।

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकहरुको बसाई लम्बाउन र उनीहरुको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यहरुको विकास गर्ने घोषणा कार्यान्वयनमा आए पर्यटक वृद्धिका लागि कोशेढुंगा सावित हुने अध्यक्ष शाह बताउँछन् ।

पर्यटकहरुले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेल लगायतका पर्यटकीय गतिविधिहरु बढाउन लिइएको पहल सकारात्मक रहेको होटल संघ नेपालले जनाएको छ ।

सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजारको सीमा हटाएकोमा हानले स्वागत गरेको छ ।

बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ भने त्यसभन्दा बढी रकम समेत अब भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।

हानका प्रथम उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले भारतीय पर्यटकलाई सहजीकरण गर्ने नीति उत्साहजनक रहेको र उनीहरुले भारतमा चलनचल्तीमा रहेको ५ सय दरका नोट साथै ल्याउन पाउनुपर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

भारतीय पर्यटकलाई ठूला नोट ल्याउन रोक्न नहुने र यसलाई सहजीकरण गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

विश्वको प्रमुख प्राकृतिक गन्तव्य नेपालमा अधिकतम पर्यटकहरु आकर्षिक गर्न हरित पर्या–पर्यटनको विकासमा निकुञ्ज, आरक्ष, संरक्षित जंगल, सफारी, पर्यापदयात्रा लगायत हिल स्टेशन, आतिथ्य उद्योगको विकास र विस्तारका साथै प्रदूषण घटाउने कार्यक्रम बजेटको घोषणा समय सापेक्ष रहेको बताउँदै होटल संघ नेपालले यसतर्फ निजी क्षेत्रको प्रमुख सहकार्यमा अगाडि बढाउने नीति उल्लेखनीय रहेको हानले बताएको छ ।

सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टुरिजम बढाउन सीमा नाकाहरुमा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ जस्ता युनेस्को सूचीकृत सम्पदाहरुमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरुमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको राय छ ।

हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाबाट पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै होटल संघ नेपालले भुकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने घोषणको स्वागत गरेको छ ।

बजेटले आर्थिक कुटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीहरुको समेत सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि संचालन गर्ने बजेटको सवल पक्ष रहेको संघले जनाएको छ । २ प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरु प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ ।

नेपाली होटल उद्योगमा दक्ष जनशक्ति अभाव बढ्दै गएको अवस्थामा बजेटले दक्ष जनशक्ति उत्पादन तथा स्वदेशमा नै रहने व्यवस्थाका लागि अवलम्बन गरिएका बजेटका प्रावधानहरु संघले अध्ययन गर्ने जनाएको छ । प्रस्तुत बजेटबाट विद्यमान पर्यटन पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र प्रभावकारी बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यको रुपमा ब्राण्डिङ गर्ने लक्ष्य प्राप्तिमा निजी क्षेत्रको अग्रणी भूमिका र योगदान खोजिएको सराहना गर्दै थप पर्यटनको विकासमा आवश्यक लगानी र खासगरी भारत र चीन केन्द्रित अन्तर्राष्ट्रिय प्रवद्र्धनमा पनि निजी क्षेत्रलाई अग्रणी भूमिका प्रदान गरिएबाट निजी क्षेत्र प्रोत्साहित हुने संघले जनाएको छ ।

 

प्रकाशित : १७ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह