Logo

कर्पोरेट-बजार

आफ्नो कम्पनीको नाम र डिजाइन नक्कल गर्ने सवारी साधनलाई कारवाही गर्न महानगर यातायातको माग


GDP नेपाल
   ४ असार २०८२, बुधबार


काठमाडौं । महानगर यातायात प्रा.ली. को नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलेको भन्दै महानगर यातायातले आपत्ति जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा।लि।ले आपत्ति जनाएको हो । प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा हाल प्रा.लिकै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गरि महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ ।

यात्रु झुक्याउने गरि एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कार्वाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कयौं पटक त केही वसहरुको नियमित सेवा समेत रोकिने गरेको उनिहरुको भनाई छ ।

यसबापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरुको भनाई छ । अनुसन्धान पछि यथार्थ पत्ता लाग्दापनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ । यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदापनि समस्या समाधानको लागि कुनै पहल नगरेको महानगर यातायातको भनाई छ ।

प्रकाशित : ४ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह