Logo

बैंक / बिमा /शेयर

बरुण हाइड्रोपावरले असार ३१ गते देखि हकप्रद सेयर निष्कासन गर्दै


GDP नेपाल
   १३ असार २०८२, शुक्रबार


काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । बरुण हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यसमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १३ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह