Logo

बैंक / बिमा /शेयर

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर बिक्री खुला


GDP नेपाल
   १६ असार २०८२, सोमबार


काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर आज देखि निष्कासनमा रहेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो ।

गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले आज देखि आगामी साउन ४ गते सम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि अनुमती पाएको थियो । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हकप्रद बिक्रीबाट प्राप्त रकम लाई यसै कम्पनीले प्रवद्र्धन गरेको क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने र बाँकी रहेको रकम बैंकको कर्जा तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १६ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह