Logo

मुख्य समाचार

९.१९ अंकले बढेको सेयर बजारमा ६ अर्ब ३८ करोडको कारोबार


GDP नेपाल
   १६ असार २०८२, सोमबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ९.१९ अंकले बढेर दुई हजार ६३१.४८ विन्दुमा पुगेको छ ।


बैंकिङ ५, विकास बैंक ३८, जीवन बीमा १०४, निर्जीवन बीमा ७३, माइक्रोफाइनान्स ४३, व्यापार २९ र उत्पादन उपसमूह ११३ अंकले बढेको छ ।
त्यस्तै, आज फाइनान्स १, होटल तथा पर्यटन २, हाइड्रोपावर १० र अन्य उपसमूह ८ अंकले घटेको छ । 

आज राप्ती हाइड्रोको सेयर ९.९७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि
आज पञ्चकन्या माई हाइड्रोको सेयर ४.९२ प्रतिशतले घटेको छ ।




यस दिन ३१८ कम्पनीको एक करोड ४१ लाख कित्ता सेयर ६ अर्ब ३८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह