काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २८.९१ अंकले बढेर दुई हजार ६६०.३९ विन्दुमा पुगेको छ ।
बैंकिङ १४, विकास बैंक ६५, फाइनान्स १३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर ४९, जीवन बीमा १४२, निर्जीवन बीमा १२६, माइक्रोफाइनान्स १०५, र अन्य उपसमूह ११ अंकले बढेको छ । त्यस्तै, आज उत्पादन ५ र व्यापार उपसमूह २५ अंकले घटेको छ ।
आज सामूदायीक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर ९.८७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज यूनीलिभर नेपालको सेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड ५७ लाख कित्ता सेयर ७ अर्ब ३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया