काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २.४० अंकले बढेर दुई हजार ७०६.३६ विन्दुमा पुगेको छ ।
बैंकिङ १, फाइनान्स ६२, उत्पादन ४५, र अन्य ७० र व्यापार उपसमूह ३६ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ८७, आज होटल तथा पर्यटन १७, हाइड्रोपावर ३८, जीवन बीमा १७६, माइक्रोफाइनान्स ३ र निर्जीवन बीमा उपसमूह ६५ अंकले घटेको छ ।
आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर ८.५८ प्रतिशतले घटेको छ ।
यस दिन ३१८ कम्पनीको दुई करोड ७१ लाख कित्ता सेयर ९ अर्ब ५० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया