काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २२.०४ अंकले बढेर दुई हजार ७०५.९० विन्दुमा पुगेको छ ।
बैंकिङ २३, विकास बैंक १९, होटल तथा पर्यटन १९, हाइड्रोपावर १९, जीवन बीमा ३२, उत्पादन ६८, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा ३१, अन्य ७ र व्यापार उपसमूह १४ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स उपसमूह भने ९ अंकले घटेको छ ।
आज बरुण हाइड्रोपावरको सेयर ६.२१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर ४.४१ प्रतिशतले घटेको छ ।
यस दिन ३१६ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर ७ अर्ब ४५ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया